फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्न र नगराउन प्रतिवद्धताको लागि हस्ताक्षर संकलन अभियान कार्यक्रम सुरु गरिएको छ ।
स्याङ्जा जिल्लाका महिलाहरुको लागि २० दिने नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु
एकीकृत सेवा कार्यालय स्याङ्जा र जिल्लामा रहेका उद्योग तथा व्यवसायी संघ संस्थाका नेतृत्वकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षक विद्यार्थी वक्तृत्वकला प्रतियोगिता ।
"लागुअौषध र कुलतको अन्त्यको लागि सचेतना कार्यक्रम सम्पन्न* एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा , जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जीवन वाटिका स्याङ्जाको सहकार्यमा सचेतना कार्यक्रम सम्पन्न । निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदी , जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपाने , पुतलीबजार नपा वडा नं. १० वडा अध्यक्ष अग्नि प्रसाद पौडेल को आतिथ्यतामा सम्पन्न सचेतना तथा प्रशिक्षण कार्यक्रम । मिति: २०८२ पौष २५
अभिभावक शिक्षा कार्यक्रम
The 8-day skill-based self-reliance training has reached its third day with the enthusiastic participation of 110 persons with disabilities and their caregivers. It helps restore dignity, confidence, and hope in the lives of many. Together, we can continue empowering lives through skills, self-reliance, and opportunity. Let us work hand in hand to turn skills into strength and hope into sustainable livelihoods. Skills for Self-Reliance.
विभिन्न विद्यालयहरुमा बाल साहित्य तथा खेलकूद सामाग्री वितरण
आज जेष्ठ नागरिक दिवस । यस अवसरमा यस कार्यालयबाट श्री शिव पार्वती बृद्वाआश्रममा रहनु भएका जेष्ठ नागरिकलाई खाद्यान्न वितरण
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान : अनलाइन(प्रविधिको प्रयोग ) मार्फत सम्पन्न कविता प्रतियोगितामा प्रथम, द्वितिय,तृतीय र सान्तवना हन सफल विद्यार्थीहरुलाई विद्यालयमै पुगेर पुरस्कार र प्रमाणपत्र प्रदान ।
महिला समूहरुको पञ्चेबाजा प्रतियोगितामा
महिला समूहरुको पञ्चेबाजा प्रतियोगितामा
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा स्याङ्जामा विभिन्न सचेतना मूलक कार्यक्रमहरु जारी रहेका छन् । सोमबार एकिकृत सेवा कार्यालय स्याङ्जाले गल्याङ नगरपालिकासँगको समन्वय, सामुदायिक प्रहरी साझेदारीको साथमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई अभिमुखिकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्नुको साथै साहित्य र सिर्जना मार्फत् सचेतना कार्यक्रममा सम्पन्न गरेको छ ।
***महिला हिंसा विरुद्वको १६ दिने अभियान अन्तर्गत । *** आज मंसिर १२ गते महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस मनाइएको र अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम , लैङ्गिक हिंसा विरुद्धको प्रतिबद्धता हस्ताक्षर , नारी जागरण गीत तथा नत्य प्रस्तुति लगायतका विभिन्न कार्यक्रम गरिएको छ।
" म हिंसा गर्दिन, म हिंसा सहन्न" लैङ्गिक हिंसा विरुद्धको प्रतिबद्धतामा हस्ताक्षर तथा अन्तरक्रिया कार्यक्रम । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २५ नोभेम्बरदेखि १० डिसेम्बर,
विश्व बाल दिवसको अवसर पारेर एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतलीबजार स्थित भू.पू. सैनिक आवासीय माध्यमिक विद्यालयमा आयोजना गरेको जिल्ला स्तरीय पञ्चेबाजा प्रतियोगिता
शारीरिक अंपाङ्ता पहिचान, नापजाँच तथा सहायता सामाग्री वितरण । मिति २०८२ भाद्र २१
मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवस २०८२ को अवसरमा भदाै २० गते जिल्ला प्रशासन कार्यालय स्याङ्गजा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, पुतलीबजार नगरपालिका,स्याङ्जा - Putalibazar Municipality Official सामाजिक विकास कार्यालय स्याङ्जा, सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा सदरमुकाम पुतलीबजारमा अन्तरक्रिया समेत सम्पन्न
स्थानीय तहका शिक्षा शाखाका कर्मचारीसँग सामाजिक विकास कार्यालय स्याङ्जा को अन्तर्क्रिया
अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास, सशक्तिकरण, सहयोग र सहायतालाई थप प्रभावकारी बनाउन सामाजिक विकास कार्यालय स्याङ्जाले आ.व. २०८२/८३ मा सम्पादन गर्ने कार्यक्रमबारे अपांगता भएका व्यक्तिहरुको संघ, संस्थाका प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रम
आज भाद्र १५ गते राष्ट्रिय पुस्तकालय दिवस । स-साना बालबालिकाहरु नियमित पुस्तकालयमा पुगेर अध्ययन गर्ने बानी विकास गर्ने उद्वेश्यले शिवालय माविका बालबालिकालाई ६० वटा बालसाहित्य पुस्तक वितरण कार्यक्रम सम्पन्न
ज्येष्ठ नागरिक अन्तरपुस्ता हस्तान्तरण, ज्येष्ठ नागरिकमा रहेको पञ्चेबाजा बजाउने सीप नयाँ पुस्तामा हस्तान्तरण गर्दै
मिति २०८२ असार १४ गते जिल्ला बालसञ्जाल स्याङ्जाको यस आर्थिक वर्षको अन्तिम बैठक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ |
अभिभावक शिक्षा निरन्तरता
अन्तराष्ट्रिय एकल महिला दिवसको अवसरमा सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र आँधीखोला गाउँपालिका वडा नं. ६ को समन्वयमा एकल महिलाहरुको लागि नेतृत्व विकासको लागि अभिमुखिकरण कार्यक्रम , अन्तरक्रिया तथा सिर्जना मार्फत् एकल महिलाका आवाजको प्रस्तुतीकरण र उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।
११ वटै स्थानीय तहमा Mathematics, Science & English विषययको विषयगत शिक्षक समूह गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अर्जुनचौपारी गाउँपालिका पनि उक्त कार्यक्रम सम्पन्न भएको छ । धेरै धेरै धन्यवाद शिक्षा शाखा अर्जुनचौपारी गाउँपालिकालाई ।
सामाजिक विकास कार्यालय स्याङ्जा को आयोजनामा सञ्चालित सूचना र प्रविधि क्षेत्रको नविनतम अवधारणा हरुको सिप विकासको लागि छोटो समयको कक्षा १० दिने आइसिटी बुट क्याम्प (ICT BOOT CAMP) सम्पन्न भएको छ ।
यस सामाजिक विकास कार्यालय स्याङ्जा को आयोजना र सञ्चारिका समूह स्याङ्जाको समन्वयमा सामाजिक न्याय र समानता सहितको समाजको लागि *लक्षित वर्गका नागरिकको आवाज सञ्चार माध्यममा ल्याउन महिला सञ्चारकर्मीहरुलाई अभिमुखिकरण *लक्षित वर्गका नागरिकहरूसँग अन्तरक्रिया *सामाजिक विकास कार्यालयका सम्पादित कार्यक्रम प्रस्तुति र सुझाव संकलन कार्यक्रम सम्पन्न । मिति२०८२ अषाढ १ गते
शहिद शुक्र माविमा अभिभावक शिक्षा ।
दहथुम माविमा अभिभावक शिक्षा ।
भाग्योदय माविमा अभिभावक शिक्षा कार्यक्रम ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना भिरकोट नगरपालिका वडा नं. ८ को समन्वयमा बालश्रम विरुद्धको दिवस (June 12) २०२५ को अवसरमा • प्रभातफेरी कार्यक्रम • अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम • साहित्य र सिर्जना मार्फत् बालश्रमको अन्त्य अभियान
जनकल्याण माध्यमिक विद्यालय हरिनाश गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न । मिति : २०८२ जेठ २७ गते । शिक्षा अधिकृत राजिव सुवर्णकारले बाल अधिकार र शिक्षा कानुन शिक्षक कृष्ण गोदारले विद्यार्थी, शिक्षक, अभिभावक अन्तरसम्बन्ध जीवन विज्ञान प्रशिक्षक राधा अर्यालले योग, ध्यान र सकारात्मक सोचबारे सहजिकरण गर्नुभएको थियो ।
अभिभावक शिक्षा कार्यक्रम पिताम्बर मावि हरिनाश गाउँपालिका । मिति २०८२ जेठ २६ गते ।
आँधीखोला गाउँपालिकामा विषयगत शिक्षक गठन तथा अभिमुखिकरण कार्यक्रम उत्साहजनक ढंगबाट सम्पन्न । धेरै धेरै धन्यवाद शिक्षा शाखा आँधीखोला गाउँपालिका । मिति २०८२ जेठ २४
अभिभावक शिक्षा निरन्तर............ श्री शितला मा.वि. २०८२ जेठ २३
सिर्जनात्मक लेखन कार्यशालाको Grand Finale सम्पन्न । अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमी विद्यालय अर्जुनचौपारी गाउँपालिकाका गगन ढकल स्याङ्जा जिल्लाको सर्वोत्कृष्ट हुन सफल भएका छन् । वातावरण दिवसको दिनमा गोला प्रथाबाट विभिन्न ३० वटा शिर्षकहरु मध्ये “वातावरण संरक्षणमा मेरो दायित्व” शिर्षकमा भएको उक्त प्रतियोगितामा * भवानी माध्यमिक विद्यालय कालिगण्डकी गाउँपालिकाकी छात्रा पल्पसा घिले द्धितीय स्थान * शारदा मन्दिर माध्यमिक विद्यालय आँधीखोला गाउँपालिकाकी छात्रा रोशनी ढकालले तृतीय स्थान * सरस्वती माध्यमिक विद्यालय पुतलीबजार नगरपालिकाकाकी छात्रा सृष्टि शर्माले सान्तवना स्थान हासिल गरेकी छन् ।
जातीय विभेद तथा छुवाछूत उन्मुलन दिवस २०८२ मा यस कार्यालयको आयोजनामा र आँधीखोला गापा वडा नं. २ को समन्वयमा । * प्रभातफेरी *अन्तरक्रिया र अभिमुखिकरण * साहित्य र सिर्जना मार्फत् समानताको आवाज कार्यक्रम सम्पन्न ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki को सहयोग र अपांगता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा बटारेको धूप बनाउने ६ दिने तालिम समापन । मिति २०८२ जेठ २० गते।
पुतलिबजार नगरपालिकामा सिर्जनात्मक लेखन सम्पन्न । प्रतियोगितामा *सरस्वती माविकी सृष्टि शर्मा प्रथम हुनुभएको छ । * शीतला माविकी अर्सिना कार्की द्धितिय, * कालिका माविकी सृष्टिना अर्याल तृतिय *कोल्मा बराहचौर माविकी अग्रिता गुरुङ सान्त्वना हुनुभएको छ ।
नेपाली मैलिक संस्कृति र संगीतको संरक्षण तथा पुस्तान्तरण" “हाम्रो संस्कृतिको संगीतः मादलको ताल र धुन" ७ दिने मादल बजाउने सीपमुलक तालिम सुरु । मितिः २०८२/०२/१८ गते
गल्याङ नगरपालिकामा सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न । “गण्डकी प्रदेशमा पर्यटन उद्योगको सम्भावना, समस्या र चुनौती ” शिर्षकमा सो प्रतियोगितामा *जानकी मा.वि. छात्रा तारा सारुले प्रथम स्थान, * भानुभक्त मा.वि का प्रान्जल भण्डारीले द्धितीय स्थान र *चिराग आवासीय मावि की छात्रा रन्जु मस्राङ्गीले तृतीय स्थान प्राप्त गरी जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका छन् । *प्रतियोगितामा सार्वजनिक मावि की छात्रा माण्डवी बस्यालले सान्तवना स्थान हासिल गरेका छन् । मिति २०८२ जेठ १६ गते ।
अभिभावक शिक्षा कार्यक्रम फेदीखोला गाउँपालिका वडा नं. ५ , मैदान माविमा गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङको प्रमुख आतिथ्यता, वडा अध्यक्ष दिल बहादुर गुरुङ लगायत शिक्षक,अभिभावकहरूको उपस्थितिमा सम्पन्न । मिति : २०८२ जेठ १६ गते ।
जेष्ठ नागरिक र अग्रजमा रहेको परम्परागत सिप Book free Friday मा । सामुदायिक विद्यालयलाई पढ्ने पढाउने सगैँ सिक्ने सिकाउने थलोको रुपमा विकास गर्न र बालबालिकालाई विद्यालय स्तरबाटै सृजनशिल र व्यवसायिक सिप तथा अग्रज र जेष्ठ नागरिकमा भएको अनुभव र ज्ञान प्रदान गर्न फेदीखोला गाउँपालिका वडा नं. २, स्थानचौर स्थित महेन्द्र जनसहयोग आधारभुत विद्यालयमा परम्परागत सिप तथा ज्ञान हस्तान्तरणका लागि ''बुक फ्री फ्राईडे(Book Free Friday)'' कार्यक्रमको निरन्तरता । बाटेको धुप बनाउने सिप ।
गल्याङ नगरपालिकामा Mathematics, English & Science बिषयको विषयगत समितिहरुको छलफल तथा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय स्याङ्जा, आँधीखोला गाउँपालिका र प्रधुम्न पनेरु मावि सँगको संयुक्त आयोजना ,समन्वय र साझेदारीमा वडा नं. ५ को प्रधुम्न पनेरु माविका अभिभावकहरुलाई अभिभावक शिक्षा कार्यक्रम सम्पन्न। ।
फेदीखोला गाउँपालिकामा सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न । “मैले चाहेको मेरो समाज ” शिर्षकमा सो प्रतियोगितामा *मैदान मा.वि. छात्रा जिया गुरुङले प्रथम स्थान, * जनआदर्श मावि की छात्रा अरुणा पौडेलले द्धितीय स्थान र *जनप्रिय माविकी छात्रा निकिता अधिकारीले तृतीय स्थान प्राप्त गरी जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका छन् ।
आँधीखोला गाउँपालिकामा सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न । “कृषि: विकास र गरिबी निवारणको आधार ” शिर्षकमा सो प्रतियोगितामा *शारदा मन्दिर मा.वि. छात्रा रोशनी ढकालले प्रथम स्थान, * श्रवण मा.वि. की छात्रा सरु पौडेलले द्धितीय स्थान र *प्रधुम्न पनेरू माविकी छात्रा ज्योति पौडेलले तृतीय स्थान प्राप्त गरी जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका छन्
कालिगण्डकी गाउँपालिकामा सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न । “मैले चाहेको मेरो समाज ” शिर्षकमा सो प्रतियोगितामा *सत्यदेवी मा.वि. छात्रा पूर्णिमा न्यौपानेले प्रथम स्थान, * भवानी मा.वि. की छात्रा पल्पसा घिलेले द्धितीय स्थान र *भगवती माविकी छात्रा रितिका पाण्डेले तृतीय स्थान प्राप्त गरी जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका छन् । *प्रतियोगितामा देउराली मा.वि. की छात्रा दिपिका श्रेष्ठले सान्तवना स्थान हासिल गरेका छन् । मिति २०८२ जेठ ११ गते ।
भिरकोट नगरपालिकामा Mathematics, Science & English विषयको विषयगत शिक्षक समूह गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न । मिति २०८२ जेठ १० गते । धेरै धेरै धन्यवाद शिक्षा शाखा भिरकोट नगरपालिका ।
भिरकोट नगरपालिकामा सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न । “साइबर अपराध : नागरिक समाज र सुरक्षा निकायको भूमिका ” शिर्षकमा सो प्रतियोगितामा *दहथुम माविकी छात्रा चाहना के.सी.ले प्रथम स्थान, * पिपल डाँडा मा.वि. की छात्रा मनिषा खाम्चाले द्धितीय स्थान र *जनप्रिय माविकी छात्रा सवनम पराजुलीले तृतीय स्थान प्राप्त गरी जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका छन् । *प्रतियोगितामा राजेन्द्र भवानी मा.वि. की छात्रा रमा अर्यालले सान्तवना स्थान हासिल गरेका छन् । मिति २०८२ जेठ ७ गते ।
अर्जुनचौपारी गाउँपालिकामा सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न ।
चापाकोट नगरपालिकामा सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न । “विद्यालयमा अभिभावको भूमिका” शिर्षकमा सो प्रतियोगिता *वैडी मा.वि.की छात्रा आरती बस्यालले ले प्रथम स्थान, हासिल गरेकी छन् । * जनज्योती मा.वि का छात्र विकास खाम्चाले द्धितीय स्थान र *जनहित मा.वि. की छात्रा अनुष्मा ज्ञवालीले तृतीय स्थान प्राप्त गरी जिल्ला स्तरीय प्रतियोगितामा छनौट भएका छन् । प्रतियोगितामा गंगालाल मा.वि. का विमर्श आचार्यले सान्तवना स्थान हासिल गरेका छन् । मिति २०८२ जेठ ६ गते ।
अभिभावक शिक्षा कार्यक्रम आँधीखोला गाउँपालिका वडा नं. ४, सेपतसिरानचौर माविमा गाउँपालिका उपाध्यक्ष सिता थापाको प्रमुख आतिथ्यता, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki शैक्षिक महाशाखा प्रमुख तोयानाथ लम्साल, वडा अध्यक्ष सिंहबहादूर क्षेत्री लगायत अभिभावकहरूको उपस्थितिमा सम्पन्न । मिति : २०८२ जेठ ५
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी, Mosdys Gandaki , सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना भएको बालिका तथा किशोरीहरुको लागि २ दिने आत्मरक्षा तालिम वालिङमा सम्पन्न । किशोरीहरुलाई शारीरिक र मानसिक तरिकाले उनीहरुलाई सुरक्षित राख्न सक्षम बनाउने उद्धेश्यले आत्मरक्षा तालिम दिएको छ ।
सृजनात्मक लेखन प्रतियोगिता वालिङमा प्रतियोगितामा नेपाल आर्दश माध्यमिक विद्यालय वालिङका छात्र रोशन सुवेदीले प्रथम स्थान हाँसिल गर्नुभएको छ सरस्वति माध्यमिक विद्यालयकी छात्रा अनिशा बराल द्धितिय पुर्णामृत भवानी माध्यमिक विद्यालयका रश्मी भण्डारीले तृतीय स्थान हाँसिल गर्नभएको छ । बालशिद्ध माध्यमिक विद्यालयकी इशिका पाण्डेले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको होे । मिति २०८२ जेठ २ गते शुक्रबार ।
महेन्द्र जनज्योति आधारभूत विद्यालयका बालबालिकाहरुको लागि बालसाहित्य पुस्तक वितरण । मिति : २०८२ वैशाख ३१ गते
सामाजिक विकास कार्यालय स्याङ्जा को आयोजनामा हरिनाश गाउँपालिकाका भित्रका विद्यालयका विद्यार्थीहरु बीच सिर्जनात्मक लेखन प्रतियोगिता सम्पन्न ।।। * महिमा माविका छात्र सिद्धान्त सिग्देल प्रथम स्थान , *भोजप्रकाश मावि कि छात्रा विनिशा रानाले द्धितीय *जनकल्याण माविका यशन पौडेलले तृतीय स्थान र *जनजागृति मा.वि कि विमला माया मानन्धरले सान्त्वना स्थान हासिल गर्न सफल भएकी छन्।
"लैङ्गिक समानता प्राप्तिका लागि हामी सँगसँगै " एकल महिला सुरक्षा कोष स्थापनामा जोड दिदै सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा विरुवा गाउँपालिकाको समन्वयमा विरुवा गाउँपालिकाका ८ वटै वडाका एकल महिलाहरुको नेतृत्व विकास कार्यक्रम आइतबार विरुवा गाउँपालिका हलमा सम्पन्न ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा जिल्लाका विभिन्न स्थानिय तहका बालबालिका बीच सिर्जनात्मक लेखन प्रतियोगितालाई सुरुवात गरेको छ । कार्यालयले आइतबार विरुवा गाउँपालिकाका भित्रका विद्यालयका विद्यार्थीहरु बीच विरुवा गापाको समन्वयमा सो प्रतियोगिता आयोजना गर्दा *दिव्यप्रकाश मा.वि.की छात्रा रन्जिता पोखरेल ले प्रथम स्थान *जनप्रिय मा.वि. अम्बिका लम्सालले द्धितीय स्थान * जामुनेडाँडा मा.वि.का आदेश थापा, अरनीको मा.वि. का कृष्मा थापा र किचनास आ.वि. का रोजि भुजेल तृतीय स्थान हासिल गर्नु भएको छ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा मनकामना मावि मा ससना बालबालिकाहरुलाई चित्रात्मक बालसाहित्य पुस्तक वितरण । २०८२ वैशाख २६ गते
सामाजिक विकास कार्यालय स्याङ्जा को सहयोग तथा समन्वय र वालिङ नगरपालिकाको आयोजनामा Mathematics, Science र English को विषयगत शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न । २०८२ बैशाख २६ गते । धन्यवाद शिक्षा शाखा वालिङ नगरपालिकालाई ।
यस कार्यालयको आयोजना , पुतलीबजार नपा र मनकामना मावि पेल्काचौरको समन्वय र साझेदारीमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
विभिन्न विद्यालय तथा मदर्सामा बाल साहित्य पुस्तक वितरण
सामाजिक विकास कार्यालय स्याङ्जा को आयोजनामा र अर्जुनचौपारी गाउँपालिकासँगको समन्वयमा सकरात्मक चिन्तन कार्यक्रम सम्पन्न । मिति २०८२ बैशाख २१ गते आइतबार ।
बालबालिकाको बाँच्नपाउने हक, संरक्षणको हक, बहुआयमिक क्षेत्रको विकास र सहभागिताको अधिकार सुनिश्चिताको लागि जिल्ला बाल अधिकार समिति स्याङ्जा र जिल्ला बाल सञ्जाल स्याङ्जाका पदाधिकारी र सदस्यहरुलाई अभिमुखिकरण र संयुक्त अन्तरक्रिया कार्यक्रम स्याङ्जामा सम्पन्न भयो ।
बालबालिकाहरुका जिज्ञासामा प्रमुख जिल्ला अधिकारीको उत्तर । ११ वटै स्थानीय तहका बालबालिका सहभागीता बनेको जिल्ला बालसञ्जालका बालबालिकाले बालअधिकार लगायत विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियोे
सामाजिक विकास कार्यालय स्याङ्जा को सहयोग, गल्याङ नगरपालिकासँगको समन्वय, स्याङ्जा अपांग समाजको आयोजनामा अपांगता भएका व्यक्तिहरुलाई वाद्यवादन सम्बन्धि ७ दिने सिपमूलक कार्यक्रम
स्याङ्जा जिल्लाकै उत्कृष्ट कार्यालय हुन सफल भएकोमा सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेल ज्यु प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा सम्मानित हुँदै
विभिन्न स्थान तथा शैक्षिक निकायहरुमा लागु औषध बारे सचेतना तथा अन्त्य सम्बन्धी कार्यक्रम संचालन
यौन प्रजनन् स्वास्थ्य वैंकिङ कारोबार तथा फौजदारी कानुन र न्यायीक व्यवस्थापन सम्बन्धी बहिरा व्यक्तिहरु लक्षित २ दिने विशेष प्रशिक्षण कार्यक्रम
मुस्लिम समुदायका महिलाहरुको लागि लाछाडोरी बनाउने १० दिने तालिम
अपाङ्गता सवालमा सरोकारवाला तथा यातायात व्यवसायिहरुको अन्तरक्रिया तथा सन्देशमुलक सामग्री सार्वजनिकिकरण कार्यक्रम
बालमैत्री स्थानिय शासन प्रवर्द्धन तथा व्यवस्थापन कार्यक्रम, वालिङ नगरपालिका
सकारात्मक सोच सहितको नेतृत्व विकास कार्यक्रम
स्याङ्जाका सबै दलित महिला जनप्रतिनिधिहरु एकै ठाउँमा । March 21 अर्थात् जातीय विभेद उन्मुलन सम्बन्धी अन्तराष्ट्रिय दिवसको सन्दर्भ पारेर सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा स्याङ्जा जिल्लाका तीवनवटै तहका दलित महिला जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ । पूर्व मन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य सिताकुमारी सुन्दासको प्रमुख आतिथ्यतामा , जिल्ला समन्वय उपप्रमुख खडकराज सुवेदी, भिरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्य ,नगर उपप्रमुख भगवती देवी अर्याल,प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल,अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक सालिकराम पौडेल, प्रशिक्षक लिलबहादूर रम्पाल , जनप्रतिनिधि , कर्मचारी र अन्य सरोकारवाला गरि करिब १०० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न ।
बालसाहित्य पुस्तकहरु, बालबालिका,विद्यालय र सामाजिक विकास कार्यालय स्याङ्जा ।
स्याङ्जाद्धारा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रकाशित “सामाजिक नारी आवाज” पुस्तिका विमोचन गरिएको छ । स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा नेतृत्वदायि भूमिकामा रहनुभएका महिलाहरुले महिला अधिकार, लैङ्गिक हिंसा अन्त्य लगायतका विषय वस्तु समेटिएर उहाँहरुको विचार र विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुले लेखेको "लैङ्गिक हिंसाको अन्त्य " शीर्षक समेटिएको कविताहरु समेत समावेश गरिएको छ
सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा श्री दियालो आधारभूत विधालय मा विद्यालयमै पुगेर बालबालिकालाई ३० वटा बालसाहित्य पुस्तक वितरण ।
स्याङ्जाका ११ वटै स्थानीय तहमा Mathematics, Science र English को विषयगत शिक्षक समुह गठन गर्ने, परिचालन गर्ने, अभिमुखिकरण गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ ।
जेष्ठ नागरिक आश्रममै पुगेर सहयोग कार्यक्रममा सम्झौता ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा विस्कुट, चाउचाउको खोल र अन्य काम नलाग्ने र प्रयोग भएका प्लास्टिकको समुचित प्रयोग गर्दै बस्ने चकटी र प्लास्टिकका सजावटका सामाग्री बनाउन जेष्ठ नागरिकले बालबालिका र युवाहरुलाई सिकाउनु भएको कार्यक्रम । साथै सामाजिक विकास कार्यालय स्याङ्जाले खाजाको लागि टपरीको प्रयोग लाई अधिकतम प्राथमिकता दिइएको छ र टपरी बनाउन पनि सिकाइएको छ ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जीवन वाटीका नेपालसँगको सहकार्य तथा पुबनपा, जिल्ला स्थित सामुदायिक प्रहरी सेवा केन्द्र, भूपू सैनिक आवासिय मावि, जिल्ला स्थित विभिन्न संघसस्था, प्रध्यापक,शिक्षक चिकित्सकसँगको समन्वयमा लागूपदार्थ सेवन गर्नेहरुलाई कसरी त्ससबाट छुटकरा दिलाउने र लागूऔषध विरुद्ध सचेतना सहितको मनोपरामर्श कार्यक्रम सम्पन्न । मिति २०८१ माघ २८ गते सोमबार
सामाजिक विकास कार्यालय स्याङ्जाको आर्थिक सहयोग, कृषि ज्ञान केन्द्र स्याङ्जाको प्राविधिक सहयोग तथा स्याङ्जा अपाङ्ग समाजको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेतीसम्बन्धी दुई दिने तालिम सम्पन्न
आज सरस्वती पूजा , अक्षरआरम्भ ,श्रीपञ्चमी तथा राष्ट्रिय पुस्तक दिवसको अवसरमा गण्डकी प्रदेश , सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय ,सामाजिक विकास कार्यालय स्याङ्जाद्वारा सेपत सिरानचौर मा.वि. आँधीखोला गाउँपालिका वडा नं. ४ मा बालसाहित्यिक पुस्तक हस्तान्तरण र शैक्षिक सामाग्री वितरण तथा सरस्वती पूजा सम्पन्न ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा स्थानीय तहमा कार्यरत महिला र बालबालिका शाखाका कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न . मिति २०८१ माघ २० गते
गण्डकी प्रदेश सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री माननीय Bindu Kumar Thapa बाट मिति २०८१ पौष २९ गते यस कार्यालयको अवलोकन तथा निरिक्षण भई कार्यालयबाट सम्पादित कार्यक्रम तथा योजना जनमुखी एवम् प्रभावकारी बनाउन महत्वपूर्ण निर्देशन प्राप्त भयो ।
मगर भाषा र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१को मस्यौदा निर्माणका लागि सुझाव संकलन कार्यक्रम
महिला सशक्तिकरणको लागि सचेतना तथा आयआर्जन । * नेतृत्व विकास * उद्घोषण * लघु उद्यमको लागि सीप * सामाजिक कुरिति विरुद्ध आवाज २०८१ पौष २५ र २६ गते विभिन्न कार्यक्रम सम्पन्न ।
वालवालिकाहरुलाई ज्येष्ठ नागरिकले आफ्ना कला तथा सीप अन्तरपुस्ता अस्तान्तरण गर्दै
राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा, आश्रमका ज्येष्ठ नागरिकहरुलाई अन्तरक्रिया तथा कम्मल वितरण कार्यक्रम
महिलाहरुको लागी निःशुल्क तयारी कक्षा संचालन सम्मपन्न
सामाजिक विकास कार्यालय स्याङ्जाले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा सर्वोत्कृष्ट भई प्रदेशस्तरीय बक्तृत्वकला प्रतियोगितामा सहभागी भएर गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्ये शिक्षक वक्तृत्वकलामा प्रथम स्थान हासिल गर्न सफल श्री त्रिभुवन आदर्श नमुना माविका शिक्षक अमृत रेग्मी र विद्यार्थी वक्तृत्वकलामा प्रथम हुन सफल श्री काजिमान हरिटिका मावि पुतलीबजार नगरपालिकाकी छात्रा रितिका के.सी. लाई धेरै धेरै बधाई ।।।। सामाजिक विकास कार्यालय स्याङ्जा ।।
सामाजिक विकास कार्यालय स्याङ्जामा जेष्ठ नागरिक सम्बन्धमा अन्तरक्रिया कार्यक्रम समपन्न
लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन । गल्याङ नगरपालिकासँगको समन्वय, सामुदायिक प्रहरी सेवा केन्द्र, विभिन्न विद्यालयका विद्यार्थीहरु , स्थानीय आमा समूह, टोलसंस्था र अन्य सरोकारवाला को उपस्थितिमा सामाजिक विकास कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम ।
अन्तरपालिका जिल्लास्तरीय विद्यार्थी नृत्य प्रतियोगिता ।
अन्तरपालिका जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता । प्रथम : वालिङ नगरपालिका (पूर्णमृत भवानी मावि) द्वितीय : फेदीखोला गाउँपालिका (मैदान मावि) तृतीय : गल्याङ नगरपालिका (जानकि मावि)
जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता । विद्यार्थी तर्फ प्रथम : रितिका के.सी. श्री काजिमान हरिटिका मावि पुतलीबजार न.पा. द्वितीय :शशी अर्यालश्री श्री दहथुम मावि भिरकोट नपा तृतीय : पोशकान्त लुइँटेल श्री पूर्णामृत भवानी मावि वालिङ नपा शिक्षक तर्फ प्रथम : अमृत रेग्मी श्री त्रिभुवन आदर्श जमुना मा.वि. पुतलीबजार नपा द्वितीय : जीवन लामिछाने श्री अरनिको मा.वि. बिरुवा गापा तृतीय : शोभाकान्त शर्मा श्री सिद्धार्थ मावि फेदीखोला गापा
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना, सहकार्य, सहयोगमा आज एकै दिनमा जिल्लाका पाँचवटा फरक फरक ठाउँ हरुमा अंपागता भएका व्यक्तिहरुको ३३ औं अन्तरास्ट्रिय दिवसमा प्रभातफेरि, अन्तरक्रिया , सहायक सामाग्री वितरण,सचेतना , शैक्षिक सामाग्री वितरण, खेलकूद प्रतियोगिता लगायतका कार्यक्रम सम्पन्न ।
प्रारम्भिक वाल विकास केन्द्र, न्युन सिकाई भएका विद्यालयहरु, १-८ मा विज्ञान प्रयोगशालाका लागि प्रस्ताव पेश भई छनौट भएका विद्यालयहरुका शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम
जिल्ला बाल सञ्जालका पदाधिकारीहरुका लागि २ दिने अभिमुखिकरण कार्यक्रम
2-day orientation program for District Child Network officials
बालबालिकामा लगानीः सुरक्षित भविष्यको थालनि, राष्ट्रिय बाल दिवसको अवसरमा जिल्लास्तरीय बाल समुह पञ्चेबाजा प्रतियोगिता।
Investing in children: the beginning of a safe future, on the occasion of National Children's Day, district level children's group panchebaja competition.
१८ औँ मानव बेचविखन तथा ओसारपसार बिरुद्धको राष्ट्रिय दिवस मनाईएको । २०८१ भाद्र २० गते।
सामाजिक विकास कार्यालय, स्याङ्जाको चालु आर्थिक वर्ष 2080/081 को खर्च सार्वजनिक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रम मिडिया सँग सम्पन्न गरिएको।
अपाङ्गता शसक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपालको समन्वयमा सामाजिक कुरीति विरुद्धको कार्यक्रम संचालन।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र आँधिखोला गाउँपालिकाको समन्वयमा "बालमैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रम अन्तर्गत बाल अधिकार सम्बन्धी अभिमूखिकरण कार्यक्रम।
जिल्ला बाल सञ्जालका पदाधिकारीहरुलाई "बाल अधिकार सम्बन्धी 2 दिने अभिमूखीकरण कार्यक्रम"।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना, सामाजिक विकास कार्यालय स्याङ्जाको व्यवस्थापन र मानव सेवा आश्रम पोखराको सहजिकरणमा "सडक मानव व्यवस्थापन तथा उद्धार राहतका लागी सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम।
जेष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम, चापाकोट न.पा।
एकल महिलाहरुको लागि २ दिने नेतृत्व विकास कार्यक्रम
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजना र सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा " लागू औषध बिरूद्धको अन्तराष्ट्रिय दिवस २०२४" अन्तर्गत सप्ताहव्यापी कार्यक्रमको प्रभातफेरी तथा समुद्घाट कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय, स्याङजा र आँधिखोला गाउँपालिकाको समन्वयमा आत्महत्या न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम संचालन।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा साथै भीरकोट नगरपालिकाको समन्वयमा आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा त्रिभुवन आदर्श माध्यामिक विद्यालयमा आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम।
सामाजिक विकास कार्यालयको आयोजना र जिल्ला प्रहरी कार्यालयको समन्वयमा किशोरीहरुको लागि २ दिने आत्मरक्षा सम्बन्धी तालिम।
बालमैत्री स्थानिय शासन प्रवर्धन तथा व्यवस्थापन विषयक अनुशिक्षण कार्यक्रम, फेदिखोला गाउँपालिका स्याङ्जा ।
बालबालिकाको सहभागिताको अधिकार तथा बाल अधिकारको संरक्षण तथा प्रवर्दनको लागि जिल्ला बाल संञ्जाल पुर्नगठन कार्यक्रम, स्याङ्जा।
जेष्ठ नागरिकमा रहेको ज्ञान सिप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम, पुर्णामृत भवानी माध्यमिक विद्यालय,वालिङ्, स्याङ्जा।
दलित समुदायको परम्परागत कला तथा सिप विकास संस्थाको समन्वयमा दलित महिला वडा सदस्यहरुलाई नेतृृत्व विकास कार्यक्रम।
जेष्ठ नागरिकमा रहेको ज्ञान सिप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम
सामाजिक कुरीति विरुद्धको अभियान कार्यक्रम, आँधिखोला - 2, चिलाउनेवास स्याङ्जा।
शिक्षक विद्यार्थि प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय विद्यार्थि नृत्य प्रतियोगीता कार्यक्रम !! प्रथम स्थान - बालविद्या विकास मा.वि ( वालिङ्ग न.पा ) द्वितिय स्थान - अरनिको मा.वि ( विरुवा गा.पा ) तृतीय स्थान - अमरज्योति मा.वि ( अर्जुनचौपारी गा.पा ) कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारीदिनु हुने हरेक महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछौ ।
शिक्षक विद्यार्थि प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय शिक्षक वक्तृत्वकला प्रतियोगीता कार्यक्रम !! प्रथम स्थान - ज्योति थापा ( पून्यशिला आ.वि, पुतलीबजार न.पा ) द्वितिय स्थान - राम प्रसाद पाण्डेय ( भगवती नमुना मा.वि, कालीगण्डकी गा.पा ) तृतीय स्थान - कृस्ण प्रसाद पौडेल ( जनप्रिय मा.वि भीरकोट न.पा ) कार्यक्रममा सहभागी हुनुभएको हरेकमा हार्दिक आभार व्यक्त गर्दछौ ।
बालमैत्री स्थानीय शासन प्रबर्द्धन तथा व्यवस्थापन अनुशिक्षण कार्यक्रम, विरूवा गाउँपालिका स्याङ्गजा ।
बालमैत्री स्थानीय शासन प्रबर्द्धन तथा व्यवस्थापन अनुशिक्षण कार्यक्रम, भिरकोट नगरपालिका स्याङ्गजा ।
गल्याङ्ग नगरपालिकाको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान कार्यक्रम संचालन सम्पन्न भएको ।
सामाजिक कुरिति विरुद्धको अभियान संचालन कार्यक्रम, हरिनास 2, चिसापानी
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसकाे अवसरमा, शिव पार्वति वृधा आश्रम गल्याङ्ग न.पा १ मा रहनु भएका जेष्ठ नागरिकहरूसंग भेटघाट कार्यक्रम ।
भिरकोट नगरपालिकाको समन्वयमा मितिः 2080 असार १८ गतेको दिन सामाजिक कुरीति विरुद्धको अभियान तथा एकल महिलाहरुको लागि क्षमता अभिवृद्धि सम्बन्धी एक दिने कार्यक्रम संचालन
बालमैत्री स्थानिय शासन प्रवर्धन तथा व्यवस्थापन अनुशिक्षण कार्यक्रम (कालिगण्डकी गाँउपालिका, मितिः 2080 असार 14 गते ) ।
अपांंङ्गता परिचय पत्र वर्गीकरण सम्बन्धी स्थानिय तहहरुसँग अन्तरक्रिया कार्यक्रम ( पुतलिबजार नगरपालिका, मितिः 2080 असार 12 गते ) ।
गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा र पुतलिबजार नगरपालिका को समन्वयमा अन्तर पालिकास्तरिय हाजिरी जवाफ प्रतियोगीता कार्यक्रम
सामाजिक कुरीति विरुद्धको अभियान संचालन कार्यक्रम ( कालिकाकोट, भीरकोट ९)
स्थानिय तहका महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीहरुको लागी २ दिने अभिमूखीकरण कार्यक्रम ।
महिला विकास कार्यक्रमद्वारा प्रवर्द्धित महिला सहकारी संस्थाहरुको लागि २ दिने संस्थागत विकास तथा क्षमता अभिबृद्धि कार्यक्रम ।
बालमैत्री स्थानिय शासन प्रबर्धन तथा व्यव्थापन अनुशिक्षण कार्यक्रम अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा ।
बालमैत्री स्थानिय शासन प्रबर्धन तथा व्यव्थापन अनुशिक्षण कार्यक्रम गल्याङ् नगरपालिका, स्याङ्जा ।
महिलाहरुको लागि १५ दिने लोक सेवा तयारी कक्षा संचालन कार्यक्रम
एकल महिलाहरुको लागि नेतृत्व विकास तालिम संचालन कार्यक्रम
किशोरीहरुको लागी २ दिने आत्मरक्षा क्षमतावृद्धि सम्बन्धी कार्यक्रम ।
सामाजिक कुरिति विरुद्धको अभियान संचालन कार्यक्रम, चापाकोट न.पा दामाचौर, स्याङ्जा
दलित महिलाहरुको लागि २ दिने नेतृत्व विकास तालिम संचालन ।
भिरकोट महिला बहुउद्देश्यि सहकारी संस्थाको समन्वयमा सामाजिक कुरीति विरुद्धको अभियान संचालन कार्यक्रम
गल्याङ् नगरपालिको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान को प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम संचालन ।
भिरकोट नगरपालिको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान को प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम संचालन ।
३१ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस अन्तरक्रिया कार्यक्रम
सामाजिक हिंसा र कुरीति विरुद्धको अभियान संचालन कार्यक्रम, छप्राक, स्याङ्जा